उपचार अभावमा गर्भवतीको मृत्यु



कालिकोट : कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालु चौथाका तेज दर्जीका २३ वर्षीया पत्नी पार्वती दर्जीको सुत्केरी हुन नसकेर मृत्यु भएको छ । सुत्केरी बेथा लागेकी दर्जीलाई स्वास्थ्य संस्थामा लैजान नसक्दा ज्यान गएको स्थानीय शिक्षक चिन्तन नेपालीले बताए ।

नेपालीलाई सोमबारदेखि सुत्केरी बेथाले च्यापेको थियो । परिवारका सदस्यले उनलाई स्वास्थ्य संस्थामा नलगी घरमै धामी–झाँक्री लगाउँदा मृत्यु भएको नेपालीको भनाइ छ । सोमबार बिहानदेखि सुत्केरी बेथाले च्यापेकी नेपालीको बुधबार दिउँसो ११ बजे ज्यान गएको हो । 

‘बेथा लागेको तीन दिन भएको रहेछ, तर परिवारका सदस्यले धामी–झाँक्री गरेर घरमै राखेछन्,’ वडाध्यक्ष जोरासिंह शाहीले भने, ‘बुधबार बिहान मात्र मैले जानकारी पाएँ, बाहिर लैजाने पहल गर्नै नपाई उनको मृत्यु भयो ।’ समयमै जानकारी पाएको भए नेपालीको ज्यान जोगाउन सकिने शाहीले बताए ।

सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्दै आएको छ । तर, दुर्गम तथा पिछडिएका क्षेत्रका कतिपय नागरिकमा अझै त्यसको जानकारी छैन । जसको कारण कर्णाली प्रदेशका कयौँ गर्भवती तथा सुत्केरी महिलाले अकालमै ज्यान गुमाउँदै आएका छन् । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्