नेपालबाट अशान्ति मच्चाउने तत्व छिर्‍योको भारतीय गृहमन्त्रीको दावी



नयाँदिल्ली : भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले केही तत्वले भारतमा अशान्ति मच्चाउन खोजेको बताएका छन् ।

शाहले नाम उल्लेख नगरिकन ‘ती तत्व’ले नेपाल र भुटानको सीमा प्रयोग गरी भारतमा छिरेको पनि दावी गरेका छन् । भारतले नेपाल र भुटानसँग सौहार्दपूर्ण सम्बन्ध चाहेको पनि शाहले बताए ।

भारतीय सशस्त्र सीमा सुरक्षा बलको ५६औं स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘निश्चित तत्व, जो भारतमा कहिल्यै शान्ति चाहँदैन, उसले यी दुई सीमालाई प्रयोग गर्दै भारत छिर्न खोज्दैछ,’ शाहले भने । उनले एसएसबीले भारतको सीमालाई सुरक्षा दिएको भन्दै प्रशंसा समेत गरेका थिए ।

शाहले यसअघि नेपालीहरुले भारतीय नागरिकता सजिलै तरिकाले लिने गरेको दावी गरेका थिए । नागरिकता विधेयक विवादमा रहँदा उनले यस्तो बताएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्