बम विस्फोट गराउने तयारीमा रहेका विप्लवका केन्द्रीय नेतासहित पाँच पक्राउ



काठमाडौं : सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विप्लव समूहका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको विशेष ब्यूरोले काठमाडौंको बूढानिलकण्ठलगायत विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विप्लवका केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल्र), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई बम विस्फोट गराउने र चन्दा उठाउने कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्