कन्सल्टेन्सीको सञ्चालक बनेर १० लाख ठगी गर्ने प्रहरी फन्दामा



काठमाडौं : कन्सल्टेन्सीको नाममा ठगी गर्ने एक जनालाई पक्राउ परेका छन् । मंगलबार दिउँसो रिहाना एजुकेशन कन्सल्टेसीको सञ्चालक भन्दै दश लाख पचास हजार ठगी गर्ने सुमन भन्ने मान बहादुर गुरुङ पक्राउ परेका हुन् ।

धादिङ कटुन्जे–९ स्थायी घर भई ललितपुर बस्दै आएका गुरुङले आफूलाई कन्सल्टेन्सीको सञ्चालक भएको भन्दै म्याग्दी घर भई सामाखुसी बस्दै आएका ५० वर्षीय हुमलाल गुरुङबाट उक्त रकम लिएका थिए ।

हुमलालले आफू ठगिएको थाहा पाएपछि सुमनविरुद्ध महानगरीय अपराध महाशाखामा जाहेरी दरखास्त दिएका थिए । उनको जाहेरीको आधारमा सादा पोशाकमा रहेको प्रहरीले सुमनलाई डिल्लीबजारबाट पक्राउ गरिएको हो ।

थप अनुसन्धानको लागि सुमनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्