निर्मलाका हत्यारा पत्ता लगाए आइजीपीलाई ५० किलोको माला



काठमाडौं: अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गरेका छन् ।

 

सत्तारुढ दलको भातृ संगठनका अध्यक्ष समेत रहेका तामाङले आइजीपी खनालको बर्खास्तीबारे आएका चर्चाको प्रसंग कोट्याउदै अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेकोमा विद्यार्थी संगठनहरुमात्रै नभई धेरै नेपाली जनता रुष्ट भएको बताए । 

 

काठमाडौंमा शुक्रबार भएको साक्षात्कारमा अध्यक्ष तामाङले न्याय दिने विषय सबैको चासोको विषय भएको भन्दै जनताको न्याय प्रतिको आस्था र विश्वास मरे त्यसको जवाफदेही को हुन्छ ? भनेर प्रश्न गरे । ‘हामीले नैतिक जिम्मेवारीको प्रश्न उठाएका हौ, आइजीपीलाई नैतिक जिम्मेवारी लिुनुस् भन्न खोजेका हौ’ उनले भने ।

 

अध्यक्ष तामाङले आइजीपीको बर्खास्तीका सवालमा हामीसँग डुलेका र हिँडेका भरमा कसैलाई छुटाउन गएको भए आफुहरु सार्वजनिक जीवन त्याग्न तयार रहेको बताए ।

 

‘प्रहरीको मनोबल गिराउने हाम्रो उदेश्य होइन, निर्मलाका हत्यारा पत्ता लगाए हामी आइजीपीलाई ५० किलोको माला लगाउँछौ । पन्तको परिवारले न्याय पाओस्, हामी पुलिस अफिसरलाई रिङरोडमा रथयात्रा गराउँछौ । तर, न्यायको भीखलाई कमजोरी ठाने राम्रो हुँदैन’ उनको चेतावनी थियो । 

 

कार्यक्रममा अनेरास्ववियुका कार्यबहाक उपाध्यक्ष महेश बर्तोलाले  निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धान चुकेको मात्रै नभइ उक्त काण्डको पेरिफेरिमा प्रहरीकै संलग्नता भएको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्