बाबाको सल्लाहमा दुई युवकले घाँटीसम्म सफा गरिरहेका थिए, दुबैको पेटमा पुग्यो टुथब्रस



बाबाको सल्लाहमा घाँटी सफा गर्ने चक्करमा दुई युवकले गल्तीपूर्वक टुथब्रस निलेका छन् । दुबैलाई गम्भीर स्थितीमा दिल्ली एम्स अस्पतालमा भर्ना गरिएको थियो जहाँ डाक्टरले इन्डोस्कोपीमार्फत उनीहरुको पेटबाट ब्रस निकालेका छन् । डाक्टरका अनुसार यदि ब्रश निकाल्न ढिला भएको भए उनीहरुको आन्द्रासमेत फुट्न सक्थ्यो ।

पेट दुखाई र खाना खान समस्याः

डाक्टरले दिएको जानकारी अनुसार उत्तरप्रदेशको आगरामा बस्ने गौरवलाई अक्टोबरमा र दिल्ली निवासी आबिदलाई डिसेम्बर ९ मा एक्सको आपतकालीन विभागमा भर्ना गरिएको थियो । दुबै बिरामीको समस्या एउटै प्रकृतिको थियो । उनीहरुको आहार नलीको बाटो पेटमा ब्रस पुगेको थियो जसका कारण यी दुईलाई अत्यधिक पेट दुख्थ्यो र खानपिनमा समस्या भइरहको थियो ।

दुबै बिरामीको पेटमा टुथब्रस अड्किएको बारे सिटी स्क्यानमार्फत थाहा भयो । त्यसपछि इन्डोस्कोपी गरेर डाक्टरले ब्रश निकाल्ने कोसिस गरे । ब्रश तेर्सो भएका कारण निकाल्न समस्या भइरहेको थियो त्यसकारण एम्सकै ग्यास्ट्रोइन्ट्रोलोजी विभागका डाक्टरको मद्दतले ब्रश निकालियो ।

बाबाले भनेपछि लागेको थियो बानीः

दुबै बिरामीको पेट राम्रोसँग सफा नहुने समस्या भएकाले कुनै बाबाले उनलाई ब्रश गर्नेबेला घाँटीसम्म सफा गर्ने सल्लाह दिएपछि आफूलाई यस्तो बानी लागेको उनीहरुले डाक्टरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्