श्रम मन्त्री यादवले बोलाएको बैठक पूर्व मन्त्री विष्टद्वारा वहिष्कार



काठमाडौं : हिजो (बुधबार) मन्त्रालय खुल्नासाथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निकै साइँ–साइँ र सुइँ–सुइँ थियो । मन्त्रालयका कर्मचारीहरु पनि ‘एटेन्सन’मा देखिन्थे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव पनि आन्तरिक तयारीमा थिए । मन्त्रालयका सचिव लगायतका एउटा टिम घरि–घरि मन्त्रीको कार्यकक्ष त घरि–घरि मन्त्रालयको बैठक कक्ष तिर ओहोर–दोहोर गरिरहेका थिए ।

कारण थियो, सम्भवतः पहिलो पटक मन्त्रालयमा एकै पटक डेढ दर्जन पूर्व श्रम मन्त्रीहरुलाई निम्त्याइएको थियो । आफ्ना पूर्व मन्त्रीहरु आउने कुराले मन्त्रालयमा बेग्लै उत्साह पनि छाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले आफ्ना अग्रजहरु ठान्दै पहिलो पटक पूर्व मन्त्रीहरुसँग मन्त्रालयका विषयमा भलाकुसारी गर्ने गरी निम्तो दिएका थिए । निम्तो दिएका मध्य कौतुहलताका साथ हेरिएकोक थियो–पूर्व श्रम मन्त्री गोकर्ण विष्टलाई ।

पूर्वमन्त्री विष्ट आउला कि नआउला भनेर कर्मचारीहरुबीच कानेखुसी चलेको देखिन्थ्यो । तर, बैठक समाप्त हुन्जेलसम्म पनि विष्ट आएनन् । मन्त्रीबाट हटाउँदा निकै भावुक र रुष्ट बनेका विष्टको ठाउँमा यादव आएका हुन् । आफ्नै पार्टीका नेताले सम्हालेको मन्त्रालयमा पार्टीका स्थायी समिति सदस्य समेत रहेका विष्ट आफ्नै पार्टीका केन्द्रीय सदस्य रहेका श्रम मन्त्री यादवले बोलाउँदा नपाएपछि उनले असहयोग गरेको अर्थमा मन्त्रालयका अधिकारीले लिएका छन् । बैठक कक्ष परिसरमा मन्त्री यादवले बोलाएको बैठक विष्टले वहष्किार गरेको पनि गाइँ–गुइँ सुनिन्थ्यो । विष्ट अनुपस्थित हुँदा मन्त्री यादव पनि बेचैन देखिन्थे ।

द नेपाल टप पुग्दा निम्त्याइएका १७ जना पूर्व श्रममन्त्रीहरु आउने बेला हुनै लाग्दा चहलपहल हुने पर्ने, तर सुनसान देखिन्थ्यो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुधबार पूर्व श्रम मन्त्रीहरुलाई आमन्त्रण गरिएको थियो । वर्तमान श्रममन्त्री रामेश्वर राय यादवले पूर्व श्रममन्त्रीहरुलाई उनीहरुको कार्यकालमा भोगेका उतावचढाव, काम गर्दाको अनुभव र समस्याहरु साटासाट गर्न हिजो (बुधबार) दिउँसो १ः३० बजेका लागि आमन्त्रण गरेका थिए ।

सञ्चारमर्कीहरुलाई खासै आपचारिक निम्तो नदिएपनि द नेपाल टप बैठक स्थल पुग्दा श्रम मन्त्रालय परिसर बाहिर करिब ४–५ जना व्यक्ति घाम तापी रहेका थिए । बाहिर खासै चहलपहल नदेखिएपछि हामी सिधैँ श्रम मन्त्रालयको सभा हल तर्फ लाग्यौं । सभाहलमा पुग्दा केही पूर्व श्रम मन्त्रीहरु उपस्थित थिए भने केही श्रम मन्त्रालयकै कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा श्रम मन्त्री यादवसहित अन्य तीन जना पूर्व श्रम मन्त्रीहरुको उपस्थिति थियो । त्यस्तै केही श्रम मन्त्रालयक सचिव, सह–सचिव र कर्मचारीहरुको पनि उपस्थिति थियो ।

पूर्व श्रम मन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी मात्र उपस्थित थिए । कालो मोटो कोट र उनिको टोपी लगाउँदै करिब २ बजे श्रम मन्त्री यादव सभा हलमा प्रवेश गरेका थिए । उनको प्रतिक्षामा पहिलो देखिनै पूर्व मन्त्री न्यौपाने, चौलागाई र गिरीसहित मन्त्रालयका अन्य कर्मचारीहरुको उपस्थित थिए । पूर्वमन्त्री गिरीसँगै बैठक स्थलमा प्रवेश गरेका मन्त्री यादवले पूर्व श्रम मन्त्रीहरुलाई दायाँबायाँ राखेर कुरा शुरु गरेका थिए ।

पूर्व श्रम मन्त्री न्यौपाने कालो ढाकाको टोपी र चिसो छल्न मोटा कालो कोटमा र चौलागाई बुट्टे ढाका टोली र मोटो कालो कोट चिसो छल्ने मोटो कालो कोटमा उपस्थित भएका थिए ।

यसैगरी पूर्व श्रम मन्त्री भइसकेकी गिरी भने हल्का खैरो स्वीटर र सारीमा उपस्थित थिइन् ।

त्यस्तै कर्मचारीहरुमा विनोद केसी, प्रकाश दाहाल, सुमन घिमिरे, केशव सुवेदी, दुद्रा सुवेदी, रामचन्द्र ढकाल, कुमार भुषाल, रमेश ढुंगाना र समत केसीको उपस्थिति थियो ।

कार्यक्रममा पूर्व मन्त्रीभन्दा पनि मन्त्रालयकै कर्मचारीको उपस्थिति धेरै देखिएको थियो ।
पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरुले भेगेका उतावचढाव, काम गर्दाको अनुभव साटासाट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसहित १७ पूर्वमन्त्री सहभागी भएनन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्व राय यादवले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरुसँग आफ्नो अनुभव साटासाट आयोजना गरेको कार्यक्रममा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट सहभागी भएनन् । गोकर्ण विष्ट, इस्तियाक राई, लेखराज भट्ट, हरी प्रसाद न्यौपाने, बलबहादुर केसी, रघुजी पन्त, पाल्तेन गुरुङ, रमेश लेखक, टेकबहादुर गुरुङ, सूर्यमान गुरुङ, फमुर्ला मन्सुन, कुमार वेटवासी, दिलिप सवास गच्छेदार र गोविन्द उप्रेती लगायतका पूर्व श्रममन्त्रीलाई बोलाइएको थियो ।

हिजो (मंगलबार) आफ्नो तीन महिने कार्य योजना सार्वजनिक गर्ने क्रममा श्रममन्त्री यादवले आज (बुधबार) विगतका कुरा र अहिले काम गर्दाको कुरा साटासाट गर्ने आयोजना गरेको कार्यक्रममा पूर्वश्रम मन्त्री विष्टसहित १७ जना पूर्वमन्त्रीहरु सहभागी भएका थिएनन् भने पूर्व श्रम तथा यातायात व्यवस्था मन्त्रालयलका केही मन्त्रीहरुको भने उपस्थिति रहेको थियो ।

कार्यक्रममा २०४४ सातलका पूर्व श्रम तथा यातायात व्यवस्थामन्त्री मुकुन्द चौलागाई, ०५४ का कमल चौलागाईं, र सरिता गिरीको भने सभागीता रहेका थियो ।

कार्यक्रममा मन्त्री यादवले आन्तरिक बेरोजगार दर ११.४ प्रतिशतबाट झारेर ६ प्रतिशतमा ल्याउने बताए । साथै कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने, श्रम र श्रमिक बैंक स्थापना गर्ने, यो वर्ष ६० हजार वेरोजगार युवालाई कम्तीमा १०० दिनेको रोजगारीको दिने लगायतका कार्यक्रमहरु सुनाएका थिए ।

निकै चुनौती पूर्ण रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समाल्न आइपुगेका पाका नेता रामेश्वर राय यादवले मन्त्री बनेको एक महिना पछि पूर्व श्रम मन्त्रीहरुलाई बोलाएर अनुभव साटासाट गर्दै मन्त्रालयहरुको आगामी रणनीतिहरु र योजना बनाउने सोच बनाए । मन्त्री यादवले हिजो (मंगलबार) मात्रै एक महिने कार्य प्रगति विवरण सार्वजनिक गर्नुका साथै आगामी तीन महिने योजना सार्वजनिक गरेका मन्त्री यादवले पूर्व मन्त्रीहरुको अनुभव र सुझावलाई लिएर आफू अघि बढ्ने बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए । उनले नेपाली कामदारको गन्तव्य रहेका देशमा सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे ।

मन्त्रीको यादवको यही सो अनुसार आज (बुधबार) अपराह्न मन्त्रालयको सभाकक्षमा २०४६ साल यता बनेका १७ जना श्रम मन्त्रीहरुलाई निम्ता दिए । अनुभव साटासाट गर्ने, अहिले देखिएका समस्याहरुको विषयमा छलफल गर्ने र चुनौतीको पहिचान गर्दै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भनेर निष्कर्ष निकाल्ने सोचका साथ मन्त्री यादवले बोलाएका बैठकमा जम्मा तीन जना श्रम मन्त्री उपस्थित भए ।

पूर्व श्रम मन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी मात्र उपस्थित भए । तैपनि बैठकमा सहभमगी भएका पूर्वमन्त्रीहरुले आफ्नो अनुभव सुनाए ।

बैठमा पूर्व मन्त्री न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालाहरुसँग सरसल्ला गरि अगाडी बढ्न सुझाव दिए ।

उनले पहिला उत्पादनको विकास र विस्तार नगरि रोजगारीको विस्तार नहुने भन्दै उत्पादको विकासमा ध्यान दिन आग्रह गरे । त्यस्तै पूर्व मन्त्री न्यौपानेले योजना र तयारी बिना मन्त्रीहरुले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर, त्यस अनुरुप काम गर्दा जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढंगले लागू गर्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै पूर्वमन्त्री गिरीले छिमेकी देश चिनले गरेको मानव सँसाधनको विकास र भौतिक विकासको सुक्ष्म अध्यन गरि त्यसअनुसार अगाडी बढ्न आग्रह गर्दै अन्य देशहरु विकसित हुँदा हाम्रो मुलुक किन विकास हुन किन सकेन भन्ने प्रश्नको गहन अध्यन गर्नुपर्ने बताइन् ।

त्यसैगरी अर्का पूर्वमन्त्री चौलागाईले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्यन गरि कार्यक्रम अघि सार्नुपर्ने बताए । वैदेशिक रोजगारीका साथै आन्तरिक, कृषि, जल र पर्यटनका क्षेत्रमा पनि सरकारले ध्यान दिन उनले आग्रह गरे ।

पूर्व मन्त्रीहरुको अनुभाव र सुझाव पछि मन्त्री यादवले उहि अनुभव र सुझावका आधारमा मन्त्रालयले आगामी रणनीति तय गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्