आईजीपी बिदामा नबस्दा डीआईजीको बाटो खुल्ला



काठमाडौं : सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि बिदामा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन रहेको छ । तर यो पटक नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चाहि बिदा बस्न नपाउने भएका छन् ।

खनालपछिको सेकेण्डम्यान एआईजी पुस्कर कार्कीलाई कायममुकाय प्रमुख बनाउनुपर्ने हुन्छ । उनी पनि आईजिपी खनालसँगै अवकाश पाउने हुँदा यो समस्या आएको हो । यो प्राविधक समस्याका कारण आईजीपी खनाल बिदामा बस्न नपाउने भएका हुन ।

आईजीपी खनालको कार्यकाल सकिएसँगै आईजीपीका दाबेदारहरु प्रहरी नायव महानिरीक्षक ( डीआईजी) द्वय ठाकुर ज्ञवाली र तारिणी लम्साल दौडधूपमा लागेका छन् । उनीहरुमध्ये सत्तारुढ दल नेकपाका नेताहरुसँग राम्रो सम्बन्ध भएका कारण डिआईजी ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक हुने निश्चिप्राय रहेको छ ।

यसरी माघ २९ गतेदेखि हालका आईजीपी खनालसँगै उनका ब्याची ३ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १८ प्रहरी नायव महानिरीक्षक (डीआईजी) एकै पल्ट रिटार्यड हुन लागेका हुन् ।

उनीहरुको सेवा अवधि सकिने तिथि हो, माघ २९ गते । उनीहरु २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पूरा गरेर उनीहरुले अवकाश पाउन लागेका हुन् ।

यसरी सेवाबाट अवकाश पाउनेमा एआइजीपी खनालसँगै प्रहरी प्रमुखको दाबेदार रहेका पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् ।

यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यी मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्