मोरङ भएकाे सडक दुर्घटनामा पैदल यात्रुको मृत्यु 



विराटनगर : मोरङको बेलबारी नगरपालिका १० स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख १९८८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिदा पैदल यात्रु भोजपुर घर भएका ७२ वर्षीय खडानन्द पराजुलीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

 

 दुर्घटनामा परेर गम्भीर घाइते पराजुलीको उपचारका क्रममा नोवेल मेडिकल कलेज विराटनगरमा साँझ मृत्यु भएको हो । बस र चालक सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३६ वर्षीय गिरेन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्