लोकसेवामा आवश्यक ६ हजार पद, आवेदन ६ लाख



काठमाडौं : गत आर्थिक वर्षमा लोकसेवा आयोगले शाखा अधिकृत, नासु, खरिदार, अहेब, अनमि, हेल्थ असिस्टेन्टलगायत पदमा पाँच हजार नौ सय ७० जना माग गरेको थियो । आवेदन भने पाँच लाख ७१ हजार तीन सय २२ जनाले आवेदन हालेका थिए । 

३९० जना आवश्यक शाखा अधिकृतमा ३९ हजार ६७ ले आवेदन दिएका थिए । यस्तै नासु ३५० आवश्यकमा एक लाख सात हजार आठ सय ८१ जनाले आवेदन दिएका थिए । 

६९४ जना आवश्यक खरिदार पदका लागि एक लाख ४६ हजार चार सय ७६ आवेदन परेको थियो । ५३० आवश्यक अहेबमा ५२ हजार दुई सय ३६, २८७ आवश्यक अनमिमा ४३ हजार दुई सय २८, ९६ आवश्यक स्टाफ नर्समा १६ हजार एक सय ७२, २९९ आवश्यक हेल्थ असिस्टेन्ट पदमा १३ हजार एक सय ६१ र २६ आवश्यक विद्यालय निरीक्षकमा १० हजार तीन सय ७८ जनाको आवेदन परेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्