यौनकाण्डले प्रहरी मुख्यालयमा खैलाबैला



काठमाडौं : नेपाल प्रहरी विभिन्न कुराले चर्चामा आउने गरेको छ । केही दिन अगाडी ‘डन’ विष्णु लामालाई ईन्काउन्टर गरी पक्राउ गरेर चर्चा कमाएको नेपाल प्रहरी यतिखेर प्रहरी अधिकारीहरुले घटाएका यौन काण्डका कारण चर्चामा आएको छ ।

तीन डिएसपी र पाँच जना ईन्स्पेक्टरसहित १६९ जना यौन काण्डमा परेको तथ्याङ्क नेपाल प्रहरीसँग रहेको छ । नेपाल प्रहरीतर्फ ०७२/७३ देखि ०७६ असारसम्म यौनहिंसाका १६९ उजुरी परेको श्रोतको दाबी छ ।

पछल्लो समय संघीय प्रहरी कार्यालय धरानमा कार्यरत एसएसपी सौरभ राणाको काण्डले प्रहरी मुख्यालयलाई तताएको हो । उनी डिएसपी हुँदा क्षेत्रीय ट्राफिक कार्यालय ईनरुवामा रहेका थिए ।

उनले पोष्टिङ मिलाएर गएर शान्सिुरक्षा भन्दा सर्बसाधारण महिलाहरुसँग रासलिलामा रमाउने गरेकोकुरा अहिले प्रहरी मुख्यालयमा गफको विषय बन्ने गरेको छ । एक महिलासँग सम्बन्ध राख्दै आएका उनी अर्का महिलासँग पनि लहसिन पुगेपछि उनको बिरुद्ध पहिलेकी महिला गृहमन्त्रालयसम्म पुगेका थिए ।

जसको कारण एसएसपी राणा बिबादमा तानिएका थिए । मन्त्रालयको छानविनमा पनि उनी दोषी देखिएका थिए । तर उनलाई हालसम्म कारबाही गरिएको छैन ।


नेपाल प्रहरीमा लैंगिक नीति नै लागु भएको छ । संयुक्त राष्ट्रसंघले अगाडि सारेको लैंगिक ‘हिंसाविरुद्धको शून्य सहनशीलता (सेक्स्युअल एक्सप्लोइटेशन एण्ड अब्युज (एसएए)’ अन्तर्गत प्रहरीले आफ्ना कर्मचारीमा त्यस किसिमको विचलन देखेमा सम्झौताहीन कदम चाल्ने गरेको छ ।

जसअनुसार कारबाही पनि गर्ने गरिएको छ। तर एसएसपी राणाको हकमा त्यो लागू भएको छैन । उता यस्तै काण्ड लागेपछि गत कात्तिक २४ गते नेपालगञ्ज तालिम केन्द्रका सई बोमबहादुर राना बाँके जिल्ला कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्