आजदेखि प्रदेश २ मा छोरी शिक्षा विमा सप्ताह सुरु हुँदै



जनकपुरधाम : ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश २ मा आज (बिहीबार)देखि छोरी बिमा सप्ताह शुरु भएको छ । प्रदेश मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशका आठ वटै जिल्लाबाट एकसाथ अभियानको शुरु भएको उनका स्वकीय सचिव दिपक यादवले जानकारी दिएका छन् ।

वीरगञ्जको त्रियुद्ध माध्यमिक विद्यालयबाट मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गर्ने भएका छन् । त्यसैगरी बाराको सिद्धेश्वर मावि (कलैया), रौतहटको बाल मन्दिर (गौर) ,सर्लाहीको इश्वरपुर नगरपालिकाको कार्यालय, महोत्तरीको ल.च.मु. माधयमिक विद्यालय (जलेश्वर), धनुषाको लक्ष्मिनिया गाउँपालिकाको कार्यालय, सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवन र सप्तरीको बोदेबरसाइनस्थित चन्द्र माध्यमिक विद्यालयबाट बिमा सप्ताहको एकसाथ शुभारम्भ हुँदैछ ।

यो अभियानअन्तर्गत एक महिनासम्म गाँउपालिकामा १ दिन, नगरपालिकामा २ दिन, उपमहानगरपालिकामा ३ दिन र महानगरपालिकामा ४ दिन शिविर सञ्चालन हुने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्