राजेन्द्र महतोका ज्वाइको स्टाट्सले प्रदेश सरकारमा तरंग



काठमाडौं : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको प्रदेश २ को सरकार परिवर्तन हुने चर्चा चलिरहँदा राजपा नेपालका एक प्रभावशालि नेताका ज्वाइले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको चर्को आलोचना गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोका छोरी ज्वाइ अनिल कुमार महासेठले आफ्नो फेसबुकमा स्टाट्स लेख्दै मुख्यमन्त्री र मन्त्रीहरुलाई राति सुतेर बिहान हेर्दा तिनीहरुको पद पनि रहँदैन संघीयता पनि रहँदै भन्दै चेतावनी दिएका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महतोका ज्वाइले सामाजिक सञ्जालमा यसरी चेतावनी दिएपछि प्रदेश २ सरकारमा मात्र होइन राजपा र समाजवादी पार्टीमा समेत हल्लिखल्लि मचिएको छ । एकातिर प्रदेश २ का प्रदेश सांसदहरुले उपभोक्ता समिति मार्फत गराएको कामको सरकारले भुक्तानी नदिँदा प्रदेश सभा बैठक अवरुद्ध बनेको छ भने अर्का तिर सरकार परिवर्तनको चर्चा चलिरहँदा राजपा केन्द्रीय सदस्य समेत रहेका महासेठले मुख्यमन्त्री राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलको तस्वीर राखेर लेखेको स्टाट्सलाई अर्थ पूर्णरुपमा हेरिएको छ ।

अध्याक्ष मण्डलका संयोजक महतोका ज्वाइ भएकैं करणले उनले लेखेको स्टाट्समा धेरै कुरा लुकेको कतिपयको भनाइ छ ।

एवं सिरहा निवासी महासेठले आफ्नो स्टाट्समा लेखेका छन्–‘संघीयताको जननी मधेश हो ! तेसै मध्ये हालको प्रदेश २ सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री लालबाबु राउत जीसँग त्यो सरकारको लोकसेवा आयोग पास मन्त्री जीहरु तपाईहरुको सरकारको दोस्रो वर्षको आठ महिनामा एक रुपैयाँ पनि विकास खर्च गर्नसक्नु भएको छैन ! पूरानो वर्षको उपभोक्ताहरुको पैसा त तिर्न सक्नुभएन ! अझपनि समय छ ! ‘सिरिएस’ हुनुस् ! नत्र कुनै दिन राति सुतेर बिहान हेर्दा संघीयता नि हुँदैन पद नि रहँदैन ।’

प्रतिक्रिया दिनुहोस्