पत्रिकाले क्याम्पसका छात्राको ‘सेक्स सूची’ प्रकाशित गरेपछि…



एजेन्सी: जापानको एक पत्रिकाले एउटा सूची प्रकाशित गरेकोमा माफी मागेको छ । यो पत्रिका खासगरी पुरुषका लागि हो, जसमा विश्वविद्यालयको बरियताक्रम प्रकाशित गरिएको थियो ।जसमा महिलाई रक्सी खुवाएर यौन सम्बन्ध राख्न सहज रुपमा तयार गर्न सकिने उल्लेख थियो । यो सूची जापानको साप्ताहिक पत्रिका ‘स्पा’ मा प्रकाशित भएको हो । यो सूची जारी गरिएकोमा कडा आलोचना भएको थियो ।

 

एक महिलाले यो सूची प्रकाशित गरेकोमा माफी माग्न र पत्रिका हटाउन माग गर्दै अभियान नै सुरु गरकी छन् । लेखमा ग्यारानोमी पार्टीको जिकिर गरिएको छ । यो एक ड्रिङ्किङ् पार्टी हो । यो पार्टीमा सहभागी हुनका लागि महिला र पुरुष दुवैले पैसा तिर्ने गर्छन् । २५ डिसेम्बरको अंकमा यो पार्टी क्याम्पसका छात्राहरुबीचमा धेरै लोकप्रिय रहेको उल्लेख गरिएको छ र एक सफ्टवेयर डेभलपरको अन्तर्वार्ता पनि छापिएको छ । उनले पुरुष र महिलालाई पार्टीमा बोलाउने एप तयार गरेका छन् ।

 

पत्रिकाले भनेको छ, ‘महिलासँग कसरी यौन सम्बन्ध बनाउने भन्नेबारेको लेखलाई लिएर हामी माफी चाहन्छौं । हामीले यो लेशमा पाठकलाई लोभ्यायनका लागि आपत्तिजनक भाषा प्रयोग भएकोमा दुःखी छौं । साथै विश्वविद्यालयको वास्तविक नाम उल्लेख गरेर बरियता जारी गरिएको छ । जसका कारण लेखलाई लिएर पाठकहरुमा आक्रोस हुनसक्छ ।’

 

सो पत्रिकाले सेक्ससँग जोडिएका मुद्दामाथि विभिन्न विचार सुनने र एउटा पत्रिकाका रुपमा गर्न सक्ने सबै गर्ने प्रतिबद्धता पनि जनाइएको छ । लेखमा ५ वटा क्याम्पसलाई सामेल गरेको उल्लेख छ । जहाँ छात्राहरु रक्सी खाने पार्टीमा सहज रुपमा उपलब्ध हुने गर्दथे । जसमा कसरी महिलालाई उनीहरुको कपडाको आधारमा सेक्सका लागि मनाउने भनेर समेत उल्लेख गरिएको थियो ।

 

चेन्ज डट ओआरजीमा कजुना यामामोतोले एउटा उजुरी गरेकी छन् । जसमा उनलाई ३३ हजारभन्दा बढीले समर्थन गरिसकेका छन् । उनले उजुरीमा लेखेकी छन्, ‘यो वर्ष सन् २०१९ मा जापानमा पहिलो पटक जी–२० शिखर सम्मेलन हुँदैछ, जहाँ यस प्रकारको लेख छापिन हाँस्यास्पद हो । यो कुनै मजाक होइन ।’ उनले भनेकी छन्, ‘म यसप्रकारको यौन सम्बन्धसँग जोडिएको आपत्तिजनक र सार्वजनिक लेखका विरुद्ध लड्न चाहन्छु, ताकि महिलामाथि हुने अपमान बन्द होस् । पत्रिकाले लेख हटाएर माफी माग्नुपर्छ र आगामी दिनमा महिलाका लागि आपत्तिजनक शब्द प्रयोग नहुने बाचा गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्