‘न्यायालय सुधारको जिम्मा लिन्छु’



काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा सुधार अपरिहार्य रहेको बताउँदै त्यसमा आफू दत्तचित्त भएर लागेको बताएका छन् ।

उनले न्यायालयमा विचौलियाले अनियमतिता गराएको विषयलाई बाह्य कारण र कर्मचारीहरुबाटै भइरहेको भ्रष्टाचारलाई भित्री कारण भन्दै प्रधानन्यायाधीश राणाले बिहीबार संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीको भेटघाटमा बोल्दै उनले आफू न्यायालयको सुधारमा केन्द्रित रहेको दाबी गरे।

‘दोष जति अरुलाई दिएर पन्छिन सकिने अवस्था नभएकाले प्रधानन्यायाधीशले नै यसमा गम्भीरतापूर्वक काम गर्नुपर्ने अवस्था छ,’ राणाले थपे, ‘सम्पूर्ण जिम्मा प्रधानन्यायाधीशले नै लिनुपर्ने अवस्था छ, त्यसका लागि म तयार छु।’

मञ्चका पदाधिकारीबाट लिएको सुझाव सम्बोधन गर्दै राणाले न्यायाधीशको जिम्मा आफूले लिने र कर्मचारीको जिम्मा सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारले लिुनपर्ने पनि उनले बताए।

‘मैले कर्मचारीका विषयमा तपाईंहरूले जिम्मा लिनुपर्छ भनेर रजिष्ट्रारहरूलाई सुझाव दिइसकेको छु। उहाँहरूले जिम्मा लिइसक्नु पनि भएको छ,’ राणाले थपे, ‘खासमा न्यायपरिषद्ले हो न्यायाधीशहरूको विषयमा हेर्ने, तर म पनि चुप लागेर बस्न सक्दिन। समग्र जिम्मा प्रधानन्यायाधीशले लिनुपर्छ।’ आजकाे नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्