निर्मलाको अभिभावक म पनि हुँ : प्रधानमन्त्री



काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त र प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने नेताहरूको सहभागीता थियो। निर्मलाका आमा बाबुले अपराधी छिटो पत्ता लगाइदिन अनुरोध गरेका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार निर्मलाकी आमा दुर्गादेवीले प्रधानमन्त्रीसमक्ष घटनाबारे जानकारी गराएकी थिइन्।

निर्मलाकी आमाको घटनाबारेको ब्रिफीङ सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखित बनाएको बताएका थिए। उनले भनेका थिए, 'निर्मलाको अभिभावक म पनि हुँ। यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु।'

प्रधानमन्त्री ओलीले सरकारले सुरुमा गठन गरेका समितिले काम नगरेकाले अहिले उच्च स्तरीय समिति गठन गरेर छानबिन भइरहेको बताएका थिए। उनले भनेका थिए, 'पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको छ। यो समितिले अपराधी पत्ता लगाउछ।'

प्रहरी प्रधान कार्यालयले आइतबार डिआइजी धिरु बस्नेतको नेतृत्वमा शक्तिशाली अनुसन्धान समिति गठन गरेको छ। यसअघि गृहमन्त्रालयले सह सचिव हरिप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री ओलीले निर्मला बलात्कार र हत्याका दोषीलाई पत्ता लगाउन सरकार गम्भीर रहेको बताएका थिए। उनले निर्मलाका अभिभावकलाई भनेका थिए, 'यो विषयमा सरकार गम्भीर छ, सरकारले अपराधी पत्ता लगाउन कुनै पनि कसर बाँकी राख्दैन।'

प्रधानमन्त्रीलाई भेट्न खानेपानीमन्त्री (कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्य समेत रहेकी) बिना मगर, सांसदहरू भीम रावल, लेखराज भट्ट, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेता एनपी साउद र रमेश लेखक लगायत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा