केपी अाेली सरकार खबरदार !



बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी अझै कार्वाही गर्न नसकेपछि काठमाडौंमा शनिबार पनि सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।

 

निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको हो । 

 

निर्मलाका निम्ति न्याय अभियान, बलात्कारविरुद्ध राष्ट्रिय अभियान र विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुसहितको प्रर्दशनमा हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग पनि गरिएको छ ।

 उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन पहल नगरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

 

प्रर्दशनकारीहरुले सरकार बलात्कारी सामू लाचार भएको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । 

 

प्रदर्शनमा विभिन्न दलका नेता, कार्यकर्ता, नागरिक अधिकारकर्मी, पेशाकर्मी तथा विद्यार्थी सहभागी छन् । निर्मला पन्तका बलात्कारीलाई कारबाहीको माग गर्दै लामोसमय देखि प्रदर्शन तथा खबरदारी भए पनि सरकारले अझै दोषी पत्ता लगाउन सकेको छैन ।

 सरकारलाई दोषीलाई संरक्षण दिएको गरेको आरोप लाग्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्