आज तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात



काठमाडौं : आज (सोमबार) तराईका विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण माघ नलाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज देशको पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

हाल नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देखिएका कारण तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको र राति पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिए ।

मौसमविद कँडेलका अनुसार मंगलबार र बुधबार भने पश्चिमी भूभागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम
माघ १३ गते (सोमबार)
दिउँसो :
देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ १४ गते (मंगलबार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका केहि स्थानहरु र मध्य तथ पूर्वी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका केहि स्थानहरु र मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ १५ गते (बुधबार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्