सीप र क्षमताको सही सदुपयोग गर्नसके विदेशिनु पर्ने वाध्यताको अन्त्य हुने : श्रममन्त्री यादव



काठमाडौं : नबिल बैंकको ‘नविल स्किल हिरो २०२०’ काठमाडौंमा सम्पन्न भएको छ । ‘नविल स्किल हिरो २०२०’बाट चार जना सम्मानित भएका छन् ।

हिजो (आइतबार) सोल्टी क्राउन प्लाजा काठमाडौं आयोजित एक कार्यक्रमकाबीच ‘नविल स्किल हिरो २०२०’ बाट अम्बिका श्रेष्ठ, विश्वास ढकाल, मिथिला शर्मा, नकिम उदिनलाई सम्मान गरिएको थियो ।

‘स्किल वीक २०२०’ नेपालमा रोजगारका लागि आवश्यक पर्ने दक्षताकाबारे युवाहरूलाई सचेत गराउने र सीप र क्षमताले सफलता हासिल गरेका व्यक्तित्वहरूलाई मान्यता दिने निष्कर्ष निकालिएको छ ।

यसैबीच कार्यक्रममा श्रम, रोजगार तथा सुरक्षा सामाजिक मन्त्री रामेश्वर राय यादवले ‘नविल स्किल हिरो २०२०’ बाट सम्मानित हुने सबैमा शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले युवाहरुलाई उर्जा प्रदान गर्ने र आफूसँग भएको सीप र क्षमताको सही सदुपयोग गर्न सकियो भने विदेशिनुपर्ने वाध्यता नरहने बताएका छन् ।

उनले भने, ‘हाम्रो देशमा अवसरको कमी छैन । हामी जहाँ उभिन्छौ त्यही रोजगारी सिर्जना हुन सक्छ । तर, हामीले त्यसको खोजी गर्नुपर्छ । महात्मा गान्थी भारतमा फोहोर सोरेर राष्ट्रिय पिता हुनुभयो । आज सिङ्गो विश्वमा महात्मा गान्थीको नाम लिइन्छ त्यसले शिर ठाडो पार्ने हिम्मत गर्छ । त्यो नै उहाँको क्षमता हो ।’

कार्यक्रममा नविल बैंक, वर्डलिक सञ्चार, काठमाडौंस्थित भारतीय दूतावास, यूनिसेफ नेपाल, आइएलओ नेपाल, सोल्टी क्राउन प्लाजा काठमाडौं, पर्यटन विभाग, र्टकिस एअरलाइन्स, होण्डा नेपाल, क्यूएफएक्स सिनेमा, ल्याण्डमार्क एडुकसन, नेपाल आइस, विकल्प इनिसिएसन, इ–सेवा, सिमरिधी फाउण्डेसन, फ्याक्टस्, किङस् कलेज, योङ इनोभेन, नइ हव, सिटिभिटि, एडमस विश्वविद्यालय, बैंकिङ र प्यास्ट्री टेक्नोलोजीको स्कूल, गेट कलेज, एभरेस्ट फिल्म एकेडेमी, ट्रानक्यूलिटी स्पा, नटिक नेपाल, गोल्डस्टार सूज, सुशिला आर्टस् एकेडेमी, नेपाल ट्राभल्लर, राष्ट्रिय आविष्कार केन्द्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्