सभामुख सापकोटालाई चिनियाँ राजदूतको बधाई



काठमाडौँ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन । सभामुख सापकाटाले शपथ ग्रहण तथा पदवहालीलगत्तै सिंहदरबारमा पुगेर राजदूत यान्छीले कार्यकाल सफलताको कामना गरेका हुन ।

भेटमा उनीहरुबीच दुई देशका जनता तथा संसद्बीचको सम्बन्धका बारेमा विचार विमर्श भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

सभामुख सापकोटाले आज सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिए । सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत कर्मचारीको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्