संसदमा बोलेका देउवालाई सभागृहबाट प्रधानमन्त्रीको जवाफ



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले कुरा नबुझेकोमा कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री ओलीले हिजो मंगलवार प्रतिनिधिसभाको बैठकमा प्राधिकृतिक धक्का देखिन सक्ने भन्दै अहिले छिमेकी मुलुक चीनबाट फैलिरहेको कोरोना भाइरसको विषयलाई केन्द्रित गर्दै बोलेका थिए । अहिले भ्रमण वर्ष २०२० चलिरहेको छ र सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षलाई हिमपात र कोरोना भाइरसले असर पार्न सक्ने कुरालाई संसदमा प्रस्तुत गरेका ओलीको कुरा नबुझेको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले संसदमै प्रश्न राखेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्नेहरुलाई सरकारले राम्रा काम गरिरहेको जवाफ दिदै भने– ‘सरकारले केही गरेन भन्ने छ । यसबारेमा पुस्तिकाबाट केही दिनमा आउँछ, यो सरकारले कुनैपनि मानकलाई माइनसमा जान दिएको छैन,’ ।

आजदेखि काठमाडौंमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टी–नेकपा केन्द्रिय कमिटीको बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन ।

तात्कालिन नेकपा एमाले र तात्कालिन नेकपा माओबादी केन्द्रबीचबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी भएपछि पहिलो पटक केन्द्रिय कमिटीको बैठक बसेको हो ।

राष्ट्रियसभामा सुरु भएको नेकपा केन्द्रिय कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर २१ औं शताब्दीसम्म आईपुग्दा मानवजातिले हासिल गरेका उपलब्धिसँगै पार्टी एकीकृत रुपमा अघि बढीरहेको बताए ।

अध्यक्ष ओलीले इतिहासमा विभिन्न उतार चढाव र विभाजन झेल्दै आएको नेपाल कम्युनिष्ट पार्टीले विगतको समिक्षा गरेर नै पार्टीलाई सबल र समृद्ध बनाउदै अघि बढ्ने संकल्पकासाथ दुई पार्टीबीच एकता सम्भव भएको उल्लेख गरे ।

उनले अहिले सरकार र पार्टी्विरुद्ध प्रचार युद्ध छेडिएको भएपनि बादबिवादबाट नभएर सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आफ्नो पार्टी विश्वव्यापी मान्यतासहितको लोकतन्त्र, शान्ति र मानवाधिकारको आदर्श र अनुभवकासाथ अघि बढीरहेको र बढीरह्ने विश्वास व्यक्त गरे ।

बैठकमा, अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिबेदन, महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिबेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यसैगरी बैठकमा नेकपाका प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशका संगठनात्मक कामको रिपोर्टिङ गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्