मेलम्चीको ठेकेदार फेरि सम्पर्कविहीन



काठमाडौं: मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ ।

सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्रलगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ ।

मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजाना र ठेकेदारपक्षसँग संवाद नभएको बताए ।

‘गएको सोमबार नेपाल फर्किने भनेर ठेकेदार कम्पनीले नेपाल छोडेको थियो’, उनले भने–‘त्यसको अघिल्लो दिन हामी आउँछौँ भनेर इमेल आएको थियो । त्यसयता न ठेकेदार आयो न इमेल नै ।’  नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्