‘चिकेन बिरयानी’को नाममा ‘कागको बिरयानी’


एजेन्सी : भारतको बलिऊडबाट उत्पादित ‘रन’ फिल्ममा ‘कौवा बिरयानी’मा आधारित करिब दश मिनेटको हास्यश्रृखंला प्रस्तुत गरिएको छ ।

उक्त श्रृखंलामा अभिनेता विजय राजले दिल्लीको सडकछेऊमा ‘चिकेन बिरयानी’को नाममा ‘कौवा बिरयानी’ खान पुगेको दृश्य निकै नै चर्चित बनेको थियो ।

तर फिल्ममा देखाइएको उक्त दृश्य भने भारतकै अर्को एक राज्यमा वास्तविक घटनाको रुप लिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडुको सडक छेऊमा राखिने ठेलागाडीमा यस्तै ‘कौवा बिरयानी’ बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने एक ब्यापारीको चर्तिकला सामुने आएको छ ।

तमिलनाडुको चर्चित रामेश्वरम् मन्दिर नजिकै ‘कौवा बिरयानी’ बेच्ने एक ब्यापारीलाई सरकारी अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । खाद्य विभागले छापामारी गर्दा ठेलागाडीमा ‘चिकेन बिरयानी’ भनेर बिक्री गरिएको मासु ‘कौवा’को पाइएको छ ।

फिल्ममा देखाइए जस्तै ‘चिकेन बिरयानी’को नाममा ‘कौवा’को मासु पकाएर सस्तोमा बिक्रि गरिएको रहस्योद्घाटन भयो । प्रहरीले उक्त कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेका छन् । दुबैजनाबाट करिब १५० वटा मरेको ‘कौवा’ बरामद गरिएको छ ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले रामेश्वरम् मन्दिरमा दर्शनका लागि आउनुभएका श्रद्धालुको शंकाको भरमा विभागले छापामारी गरेको थियो । श्रद्धालुले प्रत्येक दिन रामेश्वरम् मन्दिरमा कौवालाई आहार खुवाउने गरेका छन् ।

तर केही दिन यता मरेको कौवा फेला परेको थियो । श्रद्धालुले उक्त घटनाबारे प्रहरीलाई जानकारी गरायो । प्रहरीले घटनाको अनुसन्धान गर्दा केही व्यक्तिले विषादी मिसिएको चामललाई कौवाको आहारको रुपमा प्रयोग गरेको पाइयो ।

प्रहरीले कौवाको मासु बेच्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले मरेको कौवा ठेला राख्ने ब्यापारीलाई बेच्दै आएको खुलाए । पसलेलेलाई सोध्दा कौवाको मासुलाई ‘चिकेन ललिपप’ बनाएर सस्तोमा बिक्री गर्दै आएको खुल्न आयो । जसबाट राम्रो आय आर्जन भएको उनीहरुले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित