पाँचौं विवाहको १२ दिनमै नायिकाको सम्बन्धबिच्छेद !



हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटरसँग पाँचौ विवाह गरेकी थिइन् । तर विवाहको १२ दिनमा नै पामेला र पिटर अलग्गिएका छन् ।

समाचारअनुसार पामेला ब्रेक लिन चाहन्थिन, त्यसैले उनले जोन पिटरसँग १२ दिनअघि भएको विवाह तोडिन् । जोन र उनका युनियनका सदस्यहरुबाट पाएको स्नेहबाट आफू निकै खुसी भएको पामेलाले बताइन् ।

स्मरण रहोस्, जोन पिटर्सअघि पामेला एन्डरसनले चार विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतर्की टोमी लीसँग गरेकी थिइन् ।

विवाहको तीन वर्षपछि नै यी दुई अलग भए । त्यसपछि उनले किड रकसँग जोडी बाँधिन् । रकसँग वैवाहिक सम्बन्ध नराम्रो भएपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन् ।

पछि उनको सोलोमनसँग पनि सम्बन्ध विच्छेद भयो । सम्बन्ध बिच्छेदपछि पुनः साथै देखिए पनि सम्बन्ध धेरै दिनसम्म टिकेन । आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्