सरकारसँग भ्रष्टाचार अन्त्य गर्न माग



काठमाडौं : नेपाल राष्ट्रिय सनातन पार्टीले भ्रष्टाचार अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

हरेक क्षेत्रमा कमिशन र भ्रष्टाचारको खेल मौलाउँदै गएको आरोप लगाउँदै पार्टीले पछिल्लो समय गाँस, बास कपास, पूर्वाधार विकासलगायत जनताका समस्या ज्यूँका त्यूँ रहेको अरोप लगाएको छ ।

पत्रकार सम्मेलन गरी भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारवाही गरी विकासमा केन्द्रित हुनसमेत सरकारलाई आग्रह गरेको हो ।

पार्टीका अध्यक्ष गोविन्दप्रसाद रिजालले भने,“सत्ताका लागि हुने अस्वस्थ प्रतिस्पर्धा, राष्ट्रिय गौरवको आयोजनामा देखिएको कमिशनको खेल, सरकारी निकायमा देखिएको भ्रष्टाचारले सुशासन कायम हुन सकेको छैन् ।”

रिजालको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति गठन भएको पार्टीको उपाध्यक्षमा शङ्कर थापा र विष्णुप्रसाद शिवाकोटी, महासचिवमा गणेश घिमिरे, सचिवमा प्रज्जवलकान्त मैनाली र कोषाध्यक्षमा अनिता शर्मा रहेका छन् ।

पार्टीले यही माघ ५ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्