राईलाई थुनामुक्त गर्न बारको माग, घटना दोहोरिनु खेदजनक



काठमाडौं : नेपाल बार एशोसिएशनले भोजपुरका तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न सरकारसँग माग गरेको छ ।

आज एशोसिएशनका महासचिव लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरका ३८ वर्षीय राईलाई सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त गरिएकोमा प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेकोप्रति खेद व्यक्त गर्दै थुनामुक्त गर्न माग गरेको छ ।

उनलाई थुनामुक्त गर्ने आदेशलगत्तै सोमबार सर्वोच्च अदालत परिसरबाट महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो ।

यसअघि पनि बारले राईलाई थुनामुक्त गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । बारले मुलुकमा शान्तिसुरक्षा कायम गराउने, नागरिकको जीउधनको सुरक्षा गर्ने र कानून तथा अदालतको आदेश पालना र कार्यान्वयन गर्नुपर्ने सरकारी निकायबाटै यस्ता घटना दोहोरिनुलाई खेदजनक कार्य भनेको छ । रासस

प्रतिक्रिया दिनुहोस्