तिब्बतीयनमुलका नागरिक २२ लाखको मोबाइलसहित पक्राउ



काठमाडौं : आज प्रहरीले झण्डै २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो ।

उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएको खुल्न आएको छ । काँकडभित्ताबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१ ००६-ख ०२४७ नम्बरको बस जाँच गर्दा दुई वटा सुटकेशमा हाली बसको डिकीमा लुकाएर ल्याएको अवस्थामा मोबाइल फेला परेको हो ।
मोबाइलको भन्सार पाससमेत नभएको पाइएको प्रहरीले जनाएको छ । नागढुङ्गानमा मोबाइल बरामद भए पनि खोज्दै जाँदा काठमाडौँको गोँङ्गबु बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।

प्रारम्भीक अनुसन्धानको क्रममा उक्त सुटकेश जिम्मा लिनको लागि सम्बन्धित धनी गोँङ्गबु बसपार्कमा आउने जानकारी पाएपछि नागढुङ्गाबाट प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको प्रहरी टोली बसपार्क पुगेको थियो ।

सोही क्रममा बसपार्कमा सुटकेस लिन पुगेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त मोबाइलको अनुमानित बजार २१ लाख ७३ हजार ५०० रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्