बैंकका कर्मचारी स्यान्डविच चोर, जसको कमाइ छ १० लाख पाउन्ड



एजेन्सी : लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन् । उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन् ।

प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको आरोप लागेको छ । उक्त आरोपपछि उनलाई बैंकले निम्बित गरिदिएको छ ।

उनीमाथि लागेको आरोपपछि धेरैले धेरै तरिकाले उक्त घटनाको व्याख्या गरेका छन् । उनको प्रतिष्ठामा आँच पुर्याउन उक्त हर्कत भएको हुनसक्ने केही व्यक्तिहरुको राय भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

उनी रिस्क म्यानेजमेन्टमा दखल भएका थिए । उनी कम्पनीमा युरोप, मध्यपूर्व र अफ्रिकाका लागि धितोपत्र व्यापार गर्ने विभागका प्रमुख थिए । उनको वार्षिक तलब १० लाख पाउन्ड थियो ।

प्रतिक्रिया दिनुहोस्