यौन काण्ड लागेका एसएसपी राणालाई ८ दिन म्याद थप



इनरुवा : यौनकाण्ड लागेर प्रकाउ परेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई जिल्ला अदालत सुनसरीले ८ दिन म्याद थप गरेको छ । संघीय इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई दोस्रोपटक म्याद थप गरिएको हो ।

यौन काण्डमा पक्राउ परेका संघीय प्रहरी इकाई कार्यलय धरानका एसएसपी राणालाई दोस्रो पटक ८ दिनको म्याद थप गरिएको हो । यसअघि पहिलो पटक पक्राउ गरी ५ दिनको म्याद थप गरिएको थियो । एक महिलाले उनीविरुद्ध यौनदुव्र्यवहारको आरोप लगाउँदै निवेदन दिएपछि उनी पक्राउ परेका थिए ।

जिल्ला अदालत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायधीश शंकरबहादुर राईको एकल इजालसले ८ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डीएसपी विनोद शर्माले बताएका छन् । प्रहरीले एसएसपी राणामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्