फिलिपिन्समा एकाबिहानै शक्तिशाली भूकम्प



एजेन्सी : नेपालमा राष्ट्रिय भूकम्प सुरक्षाा दिवस मनाइरहँदा दक्षिण फिलिपिन्समा भूकम्पले तर्साएकाे छ । फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको समाचारमा जनाइएकाे छ । भूकम्पका कारण भएकाे मानवीय भौतिक क्षतिबारे भने हालसम्म कुनै समाचार प्राप्त नभएका त्यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । 

स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइमा रहेको सो विभागले जानकारी दिएको छ । 

भू विज्ञान निकायका अनुसार भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसुस गरिएको थियो । फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्नीच्युड को भूकम्प आएको थियो । साे भूकम्पपछि पनि कुनै मानवीय र भाैतिक क्षतिको समाचार आएको थिएन । फिलिपिन्समा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्