आईजीपी खनालसहित अवकाश पाउँदै गरेका यी हुन् २२ भाइ



काठमाडौं : आज २८ गतेदेखि नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालसँगै २२ भाईले आजबाट अनिवार्य अवकाश पाउँदैछन् । आईजीपी खनालसँगै तीन एआईजी र १८ डिआईजीले एकैपटक सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

३० वर्षे सेवाअवधिका कारण प्रहरी महानिरीक्षक खनालसहित २२ उच्च अधिकारीहरुले अनिवार्य अवकाश पाएका हुन । आजबाट अवकाश पाएका आईजीपी खनालसहितका २२ भाई २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पूरा गरेर उनीहरुले अवकाश पाउन लागेका हुन् ।

प्रहरी नियमावली संसोधन गरेर ३० वर्षे सेवाअवधि हटाउदा आईजीपी खनालको पदावधि लम्बिने र एआईजी पुष्कर कार्की पनि आईजीपी हुने चर्चा थियो । तर तत्काल नियमावली संसोधन गर्दा बढुवामा जाम हुने भन्दै बढुवाको मुखमा रहेका बरिष्ठ अधिकारीहरुले असन्तुष्टि जनाएपछि नियमावली संसोधनको प्रकृया अगाडी बढाएको गृहमन्त्रालयले यो प्रकृयालाई स्थगित गर्न पुगेको थियो । जसका कारण उनीहरु आजकै मतिदिेखि अवकाश पाएका हुन ।

यसरी सेवाबाट अवकाश पाउनेमा एआइजीपी खनालसँगै एआईजीत्रय पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् ।

यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् ।

यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्