महाशिवरात्रि र सेना दिवसको अवसरमा वृहत प्रदर्शन गर्दै नेपाली सेना



काठमाडौं : महाशिवरात्रि एवं सेना दिवसको अवसरमा नेपाली सेनाले जंगीअड्डा भद्रकालीमा विशेष समारोह गर्ने भएको छ ।

यही फागुन १ गतेदेखि ३ गतेसम्म महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले जंगीअड्डा भद्रकालीमा वृहत प्रदर्शन गर्न लागेको हो ।

भोलि (बिहीबार)देखि शनिबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेनाले विभिन्न प्रदर्शन गर्ने भएको छ ।

सेनाले तीन दिन फोटो प्रदर्शन, हतियार र उपकरण प्रदर्शन, विभिन्न तहमा भर्ना सम्बन्भी जानकारी, खेलकुद तथा पर्वतारोहण सम्बन्धी प्रदर्शन, विकास निर्णणमा नेपाली सेनाको सहभागिता, पदिक फौज तथा विभिन्न मद्दती अंगहरुको प्रदर्शनी, संयुक्त राष्ट्रसंघीय शान्ति मिशनहरुमा नेपाली सेनाको सहभागिता सम्बन्धी जानकारी दिइने छ ।

साथै सैनिक व्याण्ड प्रदर्शनी, विशेष फौज सम्बन्धी प्रदर्शनी, एकीकरण पदर्मा जगेर्नामा नेपाली सेना, घोडाचढी तथा भैरव वाहन गुल्मको प्रदर्शनी, सैनिक पोशाक तथा उपकरणहरुको प्रदर्शनी, नेपाली सेनाका अन्य विविध गतिविधि सम्बनधी प्रदर्शनी र राष्ट्रि निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षा गतिविधि सम्बन्धी प्रदर्शनी हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्