नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न



काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीलाई आज (बुधबार) दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

ज्ञवालीलाई हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको हो ।

यसअघि नायव महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्