सेनाको गाडी दुर्घटना



काठमाडौं : नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार सल्यानबाट दाङ जाँदै गरेको सपुत गण ब्यारेक सल्यानको गाडी कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको हो ।

नेपाली सेनाका अनुसार लु १ ग १२३ नम्बरको गाडी दुर्घटना हुँदा सेनाका जमदार यादवप्रसाद घरेलको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेलाई सेनाले हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याएको छ ।

घाइते हुनेहरुमा सेनाका मेजर इश्वर सिलवाल, विपिन श्रेष्ठ, मोहन थापा, जयप्रसाद बोहरा, विशाल गुरुङ, रोशन हित रहेका छन्।

सेनाले गाडीमा भएका सबै हतियार भेटिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्