ढकाल र अधिकारी राजदूत अनुमाेदित



काठमाडौं : स‌ंसदीय सुनुवाइ समितिले सरकारबाट राजदूतमा प्रस्तावित दुईजनाकाे नाम अनुमाेदन गरेकाे छ । संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले गणेशप्रसाद ढकाललाई थाइल्यान्डको राजदूतमा र दीपक अधिकारीलाई फ्रान्सको राजदूतमा अनुमोदन गरेकाे हाे ।

 

सरकारले पाँच देशका लागि राजदूत सिफारिस गरेकोमा बिहीबार दुई जनाको सुनुवाइ भएको हो। दुवैलाई समितिको सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  उनका अनुसार बाँकी तीनजनाको सुनुवाइ माघ ८ गते ११ बजे हुनेछ।

प्रतिक्रिया दिनुहोस्