नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन् कार्यभार



काठमाडौं : नवनियुक्त कानून तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छिन् ।

सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन् ।

केही समय अगाडि मात्रै उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी हुन् ।

सपश ग्रहणपछि सिंहदरबार पुगेर उनले कार्यभार सम्हालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्