ठगी गरेको आरोपमा समाजवादीका युवा नेता पक्राउ



वीरगन्ज : प्रहरी हिरासतमा रहेको अभियुक्तलाई छुटाई दिने भनि हजारौं रुपैयाँ ठगी गर्ने समाजवादी पार्टी नेपाल निकट स्थानीय युवा नेतालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले समाजवादीका युवा नेता तथा वीरगन्ज २ छपकैयाका महमद सम्साद अलीलाई ४० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

गत असोज २० गते वडा प्रहरी कार्यालय विर्ता वीरगन्जको टोलीले सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दाका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका २० बर्षिय सदाम हुसैनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रहरी हिरासतमा रहेका सदामलाई प्रहरीलाई नै पैसा दिई थुनाबाट मुक्त गराई छुटाई दिन्छु भनि सम्सादले उनका अभिभावकसंग नगद ४० हजार रुपैया ठगि गरेका थिए ।

अभियुक्तका आफन्तसंग ठगी गरेको आरोपमा सम्सादलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीको प्रकृया अगाडी बढाईएको पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्