उडिरहेकाे विमानमा एक यात्रुले दिइन् सबैलाई मारिदिने धम्की


एजेन्सी : जर्मनीको फ्य्रांकफर्ट विमानस्थलबाट युनाइटेड एयरलाइन्सको विमानमा भर्जिनियास्थित डल्लेस अन्तर्राष्ट्रिय विमानस्थल गइरहेकी एक महिला यात्रुले विमानमा भएका सबैलाई चक्कु हानेर मारिदिने धम्की दिएकी छन् । उनले एयर मार्शल र विमान कर्मचारीसँग पनि झगडा गरेकी छन् ।

दाना गाजी मुस्तफा नामक ती महिलाले शनिवार विमानमा ताण्डव मच्चाएकी हुन् । ती २७ वर्षीया महिलालाई विमानको बाथरूममा लाइटर लिएर गएको अनि स्मोक अलार्मलाई निभाएको एक एयर मार्शलले देखे ।

मार्शलले उनलाई रोक्न खोज्दा महिलाले उनीमाथि आक्रमण गरेकी थिइन् । त्यसअघि विमान कर्मचारीहरूले शौचालय बाहिर स्मोक टिटेक्टर निभाइएको संकेत पाए अनि मुस्तफालाई भित्र देखे ।

उनलाई उडानका बेलामा चुरोट पिउन नपाइने कुरा बताउँदै सीटमा फर्किन भनियो । सीटमा फर्केपछि मुस्तफाले छटपट गरिन् अनि फेरि शौचालय जान खोजिन् ।

पछि उनी चिच्याउन थालिन् र विमान कर्मचारीहरूलाई परिवार हेर्न घर जान लागेको र परिवारका मानिसको गाडी दुर्घटनामा मृत्यु भएको बताइन् ।

उनलाई शान्त बनाउन अर्को सीटमा राखिएको थियो । अर्को सीटमा उनले सीटको टीभी मोनिटरमा हिर्काइन् र सिक्का फ्याँकिन् । पछि उनी उठिन् र विमानको पछिल्तिरको भागमा गएर लाइटर बालिन् ।

उनको लाइटर देखेका एक एयर मार्शलले उनमा रक्सीको गन्ध सुँघेको बताए । लाइटर लिएर शौचालय जान खोज्ने मुस्तफालाई दुईजना एयर मार्शलले रोक्न खोजेका थिए तर उनले एकजनालाई घुँडामा हिर्काइन् ।

विमान भर्जिनियामा ओर्लिएपछि एफबीआई एजेन्टहरूले मुस्तफालाई पक्राउ गरे । परिवारको दुर्घटनाको कथा झूटो भएको उनले स्वीकारिन् । नर्थ क्यारोलाइनामा बस्ने मुस्तफालाई संघीय अधिकारीमाथि आक्रमण गरेको आरोप छ । दोषी ठहर भएमा उनले आठ वर्ष कारावासमा बस्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल