बिचौलियालाई अदालतको अवहेलनामा कारबाही तयारी



काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानुनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारबाही गर्ने तयारी भइरहेको बताएका छन् ।

 

संवैधानिक तथा कानुन पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहितकाे टोलीसँग आइतबार भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारबाही गरिने बताए। यसका लागि सर्वोच्च अदालतको पूर्ण बैठक बसी ऐन संशोधन प्रक्रिया अगाडि बढाइने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्