लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने



काठमाडौं : लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । प्रकाशित विवरण अनुसार कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावितका लागि १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर यही फागुन २७ गतेदेखि बिक्री गरिनेछ । आयोजना प्रभावितलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो । प्रतिकित्ता १०० का दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने विवरणमा समावेश छ ।

यस्तै दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणलाई २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने जनाएको छ । इक्रा नेपालले गरेको रेटिङमा कम्पनीको शेयरले ‘इक्रा एनपी ग्रेड ४’ पाएको छ । कम्पनीले कूल २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि आयोजनाले व्यावासायिक विद्युत उत्पादन गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्