हिन्दुसँग प्रेम गरेको भन्दै १८ वर्षे किशोरीलाई ५ घण्टा बाँधेर यातना



नयाँदिल्ली : बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई फरक धर्मका पुरुषसँग प्रेम सम्बन्ध गाँसेको भन्दै आफ्नै परिवार सहित स्थानीयले रुखमा बाँधेर ५ घण्टासम्म यातना दिएका छन् ।

 

भारतको उत्तरपूर्वी क्षेत्रकी ती मुस्लिम किशोरीको नाम भने खुलाइएको छैन । स्थानीय संचारमाध्यमले उल्लेख गरे अनुसार एक हिन्दु पुरुष रुपेश कुमारसँग उनको प्रेम सम्बन्ध रहँदै आएको थियो ।

 

यस्तो घटना स्थानीयले मोबाइल फोनमा भिडियो खिचेर सार्वजनिक गरिदिएका हुन् । घटनाबारे प्रहरीलाई रिपोर्ट भए पनि कसैलाई पक्राउ गरेको छैन । भिडियोमा ती किशोरीलाई रुखमा बाँधेर परिवार र छिमेकीले निर्घात कुटपिट गरिरहेका छन् । किशोरीले परिवारको इच्छा विपरित हिन्दु समुदायको पुरुषसँग प्रेम गाँसेको उनीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्