तीन राजदूतको आज सुनुवाइ हुँदै



काठमाडौं : प्रस्तावित तीन राजदूतको आज सुनुवाइ हुँदैछ । त्यसका लागि संसदीय समितिको बैठक बिहान ११ बजे बस्दैछ । 

संसदीय सुनुवाइ समितिले आज स्वीट्जरल्याण्डका लागि प्रस्तावित मणिप्रसाद भट्टराई, क्यानाडाका लागि प्रस्तावित भृगु ढुंगाना र कुवेतका लागि प्रस्तावित दुर्गाप्रसाद भण्डारीलाई सुनुवाइका लागि बोलाएको हो । 

माघ ३ गते थाइल्याण्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न भएको थियो । समितिले थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाल र फ्रान्सका दीपक अधिकारीको नाम अनुमोदन गरेको हो ।  

सरकारले पुस ६ गतेको मन्त्रिपरिषदबाट पाँच देशका लागि राजदुत सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्