होलीमा कुनै अप्रिय घटना नभएको प्रहरीको दाबी



काठमाडौं– फागुपूर्णिमा (होली पर्व) को अवसरमा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना ट्राफिक प्रहरीले जनाएको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने ७ सयभन्दा बढी चालकलाई कारबाही गरिए पनि कुनै अप्रिय घटना नभएका बताइएको छ ।

७६ मोटरसाइकल र ७ सय ११ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्