images

गाउँमा विवाद मिलाउन मेलमिलापकर्ता

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
गाउँमा विवाद मिलाउन मेलमिलापकर्ता

जाजरकोट : समुदायका मनमुटाव, वैमनस्यता र झगडालगायत विवाद समाधान गर्न यहाँका चार स्थानीय सरकारले मेलमिलापकर्ता तयार गरेका छन् । जिल्लाका नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाले झण्डै १४० भन्दा बढी मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका हुन् । चार स्थानीय तहले आठदिने आधारभूत तालीममार्फत मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका छन् ।

समुदायका मनमुटाव, वैमनस्यता, झगडालगायत विवाद समाधान गर्न र न्याय समितिको न्यायिककार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले जनशक्ति उत्पादन गरिएको स्थानीय सरकारले बताएका छन्  । तालीम लिएका मेलमिलापकर्ताले सबै वडामा मेलमिलापकर्ताको रुपमा काम गर्नेछन् ।

न्यायिक समितिको न्यायिककार्य सम्पादनमा सहयोग गर्ने, विवादलाई मेलमिलापका माध्यमबाट टुङ्गो लगाउने, प्रचलित कानूनको परिपालना गरी समाजमा मेलमिलाप कायम गर्नेलगायत काम मध्यस्थकर्ताले गर्नेछन्   । स्थानीय न्यायिक समितिलाई सहजकर्ताले सहयोग गर्ने अपेक्षा लिइएको छ ।

तालिमले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा न्याय सम्पादनका कामलाई सुलभ बनाउने परिकल्पना गरिएको नेपाल बार एशोसिएसनका अध्यक्ष भीमबहादुर सिंहले बताए । उनले भने, “स्थानीय तहमा कानूनी ज्ञानको कमी र तालीमप्राप्त जनशक्ति अभावमा न्यायिक समितिका काम प्रभावकारी हुन सकेनन्, समितिको कामकाज प्रभावकारी बनाउन तालीममार्फत मेलमिलापकर्ता उत्पादन गरिएको छ ।”

पूर्वाधार मात्र नभई प्रत्येक नागरिकमा सकारात्मक सोचको विकास गराउनु पनि समृद्धि भएको उनको भनाइ छ  । न्यायिक कामलाई प्रभावकारी बनाइ जनताले अनुभूति गर्ने खालको काममा जोड दिँदै आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भने “गाउँ, बस्ती र वडास्तरका विवादको समाधानबाट मात्र स्थानीय तहलाई विकसित बनाउने वातावरण सिर्जना हुन्छ, तालीमका सहभागीले द्वन्द्व, विवादको अवधारणा तथा विकास, विवाद समाधानका परम्परागत तरिका, विवाद समाधानका वैकल्पिक उपाय, मेलमिलापमा सञ्चारलगायत विषयमा प्रशिक्षण पाएका छन् ।”

आधारभूत तालीम लिएर स्नातक उत्तीर्ण गरेकाले राष्ट्रिय मेलमिलाप परिषद्बाट मेलमिलापकर्ताको इजाजत पाउने प्रावधान रहेको सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोक प्रशिक्षक विनिता गुरुङले बताइन् ।

मेलमिलापसम्बन्धी आधारभूत तालीमबाट समाजका रहेको विवादको कसरी अन्त्य गर्ने र विवादित पक्षबीच कसरी मेलमिलाप गर्ने भन्ने ज्ञान प्राप्त गरेको प्रशिक्षार्थी कैशीला खत्रीले बताइन् । न्याय सम्पादनमा स्थानीय सरकारलाई सहयोग गर्न सकिन्छ र न्यायिक समितिलाइ सहजता कसरी ल्याउन सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको प्रशिक्षणमा सहभागीले बताएका छन् । कानुनमा भएका आधारभुत कुरा सम्म थाहा नहुँदा समस्य भोग्दै आएका स्थानीयबासीलाइ गाउँमा गएर न्याय सम्पादनका मुद्दामा सघाउ पुर्याउने उनीहरुको भनाइ छ ।

तालीमपछि मेलमिलापकर्ताको रूपमा दर्ज भएका सहजकर्ताले समाजमा शान्ति र मेलमिलापको अवस्था सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

सुर्खेतमा सवारी कारबाहीबाट एक करोड ६४ लाख राजस्व संकलन

सुर्खेतमा सवारी कारबाहीबाट एक करोड ६४ लाख राजस्व संकलन

सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव ०७५–७६ मा एक करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।..

बाबुको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि ३ बालबालिकाको बिचल्ली

बाबुको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि ३ बालबालिकाको बिचल्ली

जाजरकोट : बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन्। बार..

कर्णाली जीप दुर्घटना : खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षको शव २२ दिनपछि भेटियो

कर्णाली जीप दुर्घटना : खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षको शव २२ दिनपछि भेटियो

सिमकोट : हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीको शव भेटिएको छ । शव बुधबार बिहान कर्णाली नदीको किनार..

माछा मारेर दैनिकी चलाउँदै आएका बादी समुदायलाई व्यावसायिक तालीम

माछा मारेर दैनिकी चलाउँदै आएका बादी समुदायलाई व्यावसायिक तालीम

जाजरकोट : माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न य..

६२ परिवारको तिर्खा मेटाइरहेको साठी वर्ष पुरानो कुवा

६२ परिवारको तिर्खा मेटाइरहेको साठी वर्ष पुरानो कुवा

जाजरकोट : ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् ।..

राउटेले रोजगारी पाए 

राउटेले रोजगारी पाए 

दैलेख: दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको हो ।  ’प्रधानमन्त्री रोजगार का..