कर्णाली एमाले अधिवेशन : मतदानमा ढिलाइ



काठमाडौँ । वीरेन्द्रनगरमा जारी नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतदान हुन ढिलाइ भएको छ । शनिवार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि दुई बजेसम्म पनि मतदान हुन नसकेको हो ।

अहिलेसम्म उम्मेदवारको समेत अन्तिम नामावली प्रकाशन भएको छैन । बिहान ८ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहे पनि अहिलेसम्म कार्यतालिका नै प्रकाशन हुन नसकेको हो । यहि अवस्था हो भने अधिवेशनको समय अझै लम्बिने देखिएको छ । नेतृत्वका लागि अहिलेसम्म पाँच जनामध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् भने गुलावजंग शाह, प्रकाश रोकाया र मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्