काठमाडौँ : आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको खेलमा मलेसियाले नेपालसामु ९३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
घरेलु टोली मलेसिया ३३ ओभर ५ बलमै अल आउट हुँदै ९२ रनमा समेटियाे।
नेपालका पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट लिए भने कमल सिंह ऐरीले २ विकेट हात पारे।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ्ग थाल्नेछ ।