आइपिएलमा बैंगलुरुको दोस्रो जित



काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ ।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए ।

ओपनर अभिषेक शर्मा र प्याट कुमिन्सले समान ३१ रन, नितेशकुमार रेड्डी, भुवनेश्वर कुमारले समान १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बैंगलुरुका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामेरुन ग्रिनले समान २, विल ज्याक्स र याश दयालले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर बैंगलुरुले ब्याटिङ रोजेको थियो । विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । विराटले र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।

विराटले ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रन जोडेका थिए । डु प्लिसिसले १२ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए । पाटिदारले २० बलमा ५ छक्का र २ चौकासहित ५० रन जोडेका थिए । क्यामरोन ग्रिनले ३७ रन जोडे । दिनेश कार्तिकले ११ र स्वप्निल सिंहले १२ रन बनाए । राजस्थानका जयदेवले ३, टि नटराजनले २ र प्याट कुमिन्सले १ विकेट लिए ।

जितपछि पनि ९ खेलमा ४ अङ्कका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ । हैदरावाद १० अङ्कसहित तेस्रो स्थानमा छ । समान १० अङ्क जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छ । राजस्थान रोयल्स १४ अङ्कसहित शीर्षस्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्