images

१ हजार ५ सय कर्मचारी कारवाही सिफारिसमा

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
१ हजार ५ सय कर्मचारी कारवाही सिफारिसमा

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए।

उनका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन्। निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ।

दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ। यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उनले बताए।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

६१ वर्षीयले गरे ४५ वर्षीयसँग दोस्रो बिहे, ८५ वर्षीया आमा खुसीले गदगद

६१ वर्षीयले गरे ४५ वर्षीयसँग दोस्रो बिहे, ८५ वर्षीया आमा खुसीले गदगद

काठमाडौँ : भनिन्छ मानिसको तन बुढो भए पनि मन बुढो हुँदैन । पुरुषसँग त जीवित रहुन्जेल प्रजनन शक्ति रहन्छ भनिन्छ । महि..

सरकार र आन्दोलनरत राप्रपाबीच आज वार्ता, यस्ता छन् माग

सरकार र आन्दोलनरत राप्रपाबीच आज वार्ता, यस्ता छन् माग

काठमाडौँ : धर्म निरपेक्षताको खारेजी र हिन्दुराष्ट्र घोषणा गर्न मागसहित  आन्दोलनरत कमल थापा नेतृत्वको राष्ट्रिय..

विप्लव जिल्ला जनपरिषद् प्रमुखसहित दुई नेता पक्राउ

विप्लव जिल्ला जनपरिषद् प्रमुखसहित दुई नेता पक्राउ

गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर..

ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल पक्राउ

काठमाडौँ : ग्रेटर नेपालको अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। जेनेभास्थित राष्ट्रसंघको एउटा..

अर्जुन कपुर र मलाइकाको बिहे टर्‍यो  

अर्जुन कपुर र मलाइकाको बिहे टर्‍यो  

एजेन्सी : बलिउड अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको बिहेको तगारो बनेका अर्जुनका पिता बोनी कपुर। सुभेच्..

राजपा पदाधिकारी बैठकमा कसले के भने ? महाधिवेशनबारे यस्ताे धारणा

राजपा पदाधिकारी बैठकमा कसले के भने ? महाधिवेशनबारे यस्ताे धारणा

काठमाडाैं : राष्ट्रिय जनता पार्टीमा एकता महाधिवेशन गर्ने या नियमित महाधिवेशन गर्ने भन्ने विषयमा विवाद देखिएको छ । आ..