कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त



काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरे जागिरबाट बर्खास्त भएका छन् । मन्त्रालयले शुक्रवार एक सूचना प्रकाशन गरी ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी गराएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्