काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान आठ बजे कतार एयरवेजको उडानद्वारा स्वदेश फर्किन लागेका पोल्याण्डका मिलिकन वेग्लोस्की र आकुभ तेकीलाई पक्राउ गरेको हाे ।
उनीहरूको साथबाट अमेरिकी डलर १९ हजार ७ सय, युरो १० हजार २ सय र नेपाली रुपैयाँ ५८ हजार बरामद गरिएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।